
काठमाडौं, २ असोज । सुदूरपश्चिममा भूकम्प गएको छ ।
बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भएका ४ दशमलब ३ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।
यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।








प्रतिक्रिया