३ श्रावण २०८३, आइतबार

गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरि उपनिर्वाचनहुने टिप्पणी गर्नु भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताउनु भएको हो ।

बास्कोटाले सामाजिक सञ्जालमा लेख्नु भधएको छ,‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’ ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि शानदार जित हासिल गर्नु भएको थियो ।