२९ जेष्ठ २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने लिँदै हुनुहुन्छ ।

आज अपरान्ह १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा (एमाले)का ४० र नेपाली कांग्रेसका २९ गरी ६९ सांसद रहेका छन् ।

त्यस्तै, प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।