
दाङ, २ असोज । दाङमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एंव प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
बुढामगरको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया