२८ असार २०८३, आइतबार

हिउँदे अधिवेशनबाट मन्त्रालयसँग सम्बन्धित विधेयकहरु प्रस्तुत हुने छन् : मन्त्री पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरु संशोधन हुने बताउनु भएको छ ।

मंगलबार नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने विश्वास व्यक्त गर्नु भएको हो ।

मन्त्री पाण्डे भन्नुभयो, ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन,संस्कृति,हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं । संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिने छौं ।’

मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गरेका छन् । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताउनुभयो । फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको उद्घोष गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन । यो स्वभाविक पनि छैन। तर स्थीर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं ।’ यो सरकार ०८४ सम्मै चल्छ । उहाँले मुलकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा माओवादी, राप्रपा लगायत मधेशवादी दलहरुसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिनुभयो ।