२६ असार २०८३, शुक्रबार

संविधान संशोधनको उदेश्य संविधानमाथिको विश्वास र स्वीकारोक्ति वृद्वि हुनुपर्छ : शंकर पोखरेल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान संशोधनको उदेश्य संविधानमाथिको विश्वास र स्वीकारोक्ति वृद्वि हुनुपर्नेमा केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।

आज नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षः अनुभव, चुनौति र अबको बाटो’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले संविधानमाथिको विश्वास र आम स्वीकार्यतामा वृद्वि गर्नुपर्ने बताउनु भएको हो ।

संविधान निर्माण हुँदा मुलुकको जे परिस्थिति थियो त्यसलाई सबैले आँकलन र स्मरण राख्नुपर्ने उहाँको भनाइ छ । जे कुरामा राजनीतिक दलहरूका बीचमा सहमति हुन्छ त्यो विषय मात्रै संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो ।

समावेशितालाई दलहरूले कमजोर बनाउन खोजेका हुन् कि भन्ने विषयमा संघीयता, गणतन्त्रमाथि नै छलफल, बहस गर्ने हिसाबले जान नहुनेमा उहाँले जोड दिनुभयो ।