२४ असार २०८३, बुधबार

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज। इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उहाँको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ । अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।