२ असार २०८३, मंगलबार

सबै संयन्त्र प्रयोग गरेर खोज्दा पनि सहकारी ठगीमा रविको संलग्नता भेटिएन : शिशिर खनाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् सहकारी छानबिन समितिका सदस्य शिशिर खनालले सहकारी ठगीमा पार्टी सभापति रवि लामिछानेविरूद्व राज्यको सम्पूर्ण शक्ति लगाउँदा पनि प्रमाण नभेटिएको बताउनु भएको छ ।

आजदेखि सुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै खनालले छानबिन समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको स्पष्ट पार्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न छोडिएन। संसदसमेत अवरूद्ध गरियो। र, संसदीय छानबिन बनाइयो। समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि उहाँको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन भनिएको हो। तर, यसको अपव्याख्या गर्न थालिएको छ, पहिला काँक्रो चोरेको तँ होस् भनेर आरोप लगाइयो। तर, काँक्रो अरूले नै चोरेको रहेछ। ल्याइएको काँक्रो अरूले काटेपछि तैंले पनि एक टुक्रा खाइछस् भन्नु कत्ति न्यायोचित होरु प्रचारचाहिँ यही रूपमा गराइँदैछ।’