
काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीकाअनुसार भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, विधान संशोधनलगायतका एजेन्डामा छलफल हुनेछ ।
भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।








प्रतिक्रिया