
काठमाडौं, ३१ भदौ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितले प्रतिवेदन पेश गरेको छ ।
आज समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभामा सुझाव र सिफारिससहितको प्रतिवेदन पेश गर्नुभएको हो । समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने सबै सहकारीका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सहकारी कानूनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्जका सञ्चालक एवं निर्णयप्रक्रियामा संलग्न सबैलाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धि निकायमा पठाउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’










प्रतिक्रिया