१० असार २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आइतबार राति करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका–६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।