२ कार्तिक २०८३, सोमबार

बालेन साह एकसातादेखि भारतमा, इन्द्रजात्रामा सहभागी नहुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) हाल भारतको बैंगलोरमा रहनुभएको छ ।

उहाँको सचिवालयकाअनुसार उहाँ एकसातादेखि बैंगलोरमा रहनुभएको छ र उहाँ मंगलबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

साह आफूले अध्ययन गरेको कलेजका पूर्वविद्यार्थीहरूको कार्यक्रममा सहभागी हुन बैंगलोर पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । केहीदिनअघि अनेरास्ववियुका अध्यक्ष समिक बडालले साह आफ्नो शैक्षिक प्रमाणपत्रमा नाम सच्याउन बैंगलोर गएको दाबी गर्नुभएको थियो ।

यसैबीच, भोलि मंगलबार काठमाडौंमा इन्द्रजात्राको मुख्य दिनमा मेयर साह सहभागी नहुने बताइएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै आएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रणा गरिन्छ र मेयर तथा उपमेयरले उहाँहरूको स्वागत गर्ने परम्परा रहेको छ । तर यसवर्ष मेयर साह इन्द्रजात्रा कार्यक्रममा उपस्थित नहुने बताइएको छ ।

उहाँको सचिवालयकाअनुसार साह इन्द्रजात्रा सकिएपछि मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

केहीले मेयर साह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत टार्न भारत गएको दाबी गरिरहेका छन् ।