
काठमाडौं, ३० भदौ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर राजीव रोयले भन्नुभयो, ‘चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ । हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।’
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ । घरधनीहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्नेछन् ।








प्रतिक्रिया