११ असार २०८३, बिहिबार

नेपालले एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ : शंकर पोखरेल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताउनु भएको छ ।

आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमाल पारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एसियाको विकासको सम्भावनाको बारेमा नेपालले पनि विमर्श गर्नुपर्ने बेला भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘बद्लिएको विश्वको सन्दर्भका बारेमा, एसियाको विकासको सम्भावनाको बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेलाभएको छ भन्ने मलाई लाग्दछ । नयाँ विश्व व्यवस्थाका सर्जकको रुपमा हाम्रा दुई छिमेकीहरु अगाडि आउन खोजिरहेका छन्, चीन र भारत । चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ।’

नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने उहाँको भनाइ छ ।

‘अब हामीले पश्चिमको आँखाबाट होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरु देख्न थाल्नु पर्दछ । योजना बनाउन थाल्नु पर्दछ । नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रुपमा अगाडि बढाउने सम्भावनाहरु देखा परेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ,’उहाँले भन्नुभयो ।