४ श्रावण २०८३, सोमबार

सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ ।सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो ।

बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउँदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्नु भएको थियो ।

‘हिंसा’ शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गर्नु भएको थियो ।

निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले ‘हिंसा’ शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ ।