२२ असार २०८३, सोमबार

राजदूतबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो ।

सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो । यसअघि सुनुवाइ गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो ।