१ श्रावण २०८३, शुक्रबार

दुर्घटनामा एक सैनिकको मृत्यु, एक घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३० भदौ । सवारी दुर्घटनामा एक नेपाली सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा शनिबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलाम जिल्ला देउमाई गाउँपालिका–२ का लेसनायक को २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपर र विपरीत दिशातर्फबाट आइरहेको बा७०प २८७१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।