२३ कार्तिक २०८३, सोमबार

बागलुङमा घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु, ११ जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २९ भदौ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

त्यस्तै, घरले पुरिएर ११ जना घाइते भएका छन् । घरले पुरिएका सबैको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।