२३ जेष्ठ २०८३, शनिबार

रास्वपाको बैठकमा के-के भयो छलफल ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा राष्ट्रिय भेलाको बारेमा बृहत छलफल भएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिनुभएको छ । राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिका, हालसम्मको तयारी, प्रस्तुत गरिने प्रतिवेदनहरूको प्रस्तावका विषयमा पनि छलफल भएको छ । जिल्ला भेला र जिल्ला समिति गठन गर्ने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने र प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा छलफलहरु भएको छ ।’

यसका साथै, उहाँले बैठकमा सुमना श्रेष्ठले अहिले सर्वोच्च अदालतले गरेको फैसला अनुसार उपत्यकाको खोला किनारको मापदण्ड सामान्य व्यवहारभन्दा बाहिर देखिएको अवस्थामा यसबाट प्रभावित क्षेत्रका बासिन्दालाई मर्का परेकाले स्थानीय तहले पनि पुनरावलोकनको माग गरेकोबारे आफ्नो अभिव्यक्ति राखेको पनि बताउनुभयो ।