२२ जेष्ठ २०८३, शुक्रबार

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, २९ भदौ । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्‍याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला सम्पन्न भएको छ ।

सरकारसँगको सहकार्यमा नीजि क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको छ । ३ वर्षे रणनीतिअन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सम्बन्ध विस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा चेम्बरको संख्या एक सय पुर्‍याउने, साना तथा मध्यम व्यवसायिहरुलाई व्यवसाय प्रबर्द्धन र व्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा व्यवसासीहरुलाई सहयोग गर्ने, निर्यातका लागि सम्भावित थप वस्तुहरुको पहिचान गर्नेलगायतका योजना तय गरेको छ ।