१० असार २०८३, बुधबार

बामपन्थी नेता यचुरीलाई श्रद्धाञ्जली दिन एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल भारत जाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा (एमाले)ले भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको बिहीबार निधन भएको थियो । यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने बताइएको छ ।