१० असार २०८३, बुधबार

मन्त्री भण्डारी र जाम्बियाका राजदूतबीच भेट, खानी उद्योगका विषयमा चर्चा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले शिष्टचार भेट गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६ मा स्थापित भएदेखि नै दुई देशबीच शान्तीपूर्ण रहँदै आएको बताउनुभयो । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित भएको कारणले दुवै देशका चुनौती र विकासका लक्ष्यहरु समान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदारप्रदान गर्ने प्रशस्त सम्भावनाहरु छन् । नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदारप्रदान गर्ने सम्भावना रहेको छ ।’ मन्त्री भण्डारीले भन्नुभयो, ‘जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि महत्वपुर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरुबाट जाम्बियालेसमेत सामाजिक, सांस्कृतिक एंव भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर कामगर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।’

भेटका क्रममा जाम्बियाका गैरआवासीय राजदूत चन्दाले खानी तथा खनिज पदार्थमा दुई देशबीचको प्रविधि आदानप्रदान गर्ने बताउनुभयो । उहाँले खानीसम्बन्धी नेपालको प्राविधिक टोली जाम्बिया पठाइदिन मन्त्री भण्डारीसँग आग्रह गर्नुभयो । यसका साथै, जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।