२३ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषद्को बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदीय विशेष समितिले सार्वजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिकाबारे छलफल हुने बताइएको छ ।