२३ कार्तिक २०८३, सोमबार

नेपाल प्रहरीमा इन्स्पेक्टर र असईको जागिर खुल्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि आवेदन माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरीले ठूलो संख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो ।

योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

सूचनाबारे विस्तृत जानकारी लिन र आवेदन दिने प्रक्रिया बारे बुझ्न यस लिंकमा हेर्न सकिन्छ ।