१६ असार २०८३, मंगलबार

काठमाडौं महानगरमा ९५.५ प्रतिशत साक्षर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो । गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ ।