
झापा, २८ भदौ । बिर्तामोडको गिरीबन्धु टी-स्टेट नजिकै विस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ ।
बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टी-स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टी-स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।
छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको टी-स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ ।
स्थानीयले बम विस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित विस्फोट भएको कुकर बरामद गरेको छ ।
प्रहरीकाअनुसार त्यस स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै विस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ ।








प्रतिक्रिया