१९ असार २०८३, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

गत भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।