
काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आएको बताउनुभएको छ । बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरु चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभई देशमा नै खुसी ल्याएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए । साथीहरुको भावनाअनुसार मैले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ । साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ ।’
साथै, उहाँले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताउनुभयो । उहाँले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरुलाई अग्रह गर्नुभयो । उहाँले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताउनुभयो ।








प्रतिक्रिया