२५ असार २०८३, बिहिबार

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गर्नुभएको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ्ग र गणेश हमाल रहनुभएको छ ।