१२ असार २०८३, शुक्रबार

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

‘नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असंगठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ ।’ उहाँले भन्नुभयो ।

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।