
काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिनुभएको हो । ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।
प्रधानमन्त्री ओलीले यस अवसरमा प्रमुख तीन दलका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको जानकारी दिनुभएको छ ।









प्रतिक्रिया