२८ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शीर्ष नेताको यस बैठकमा उपसभामुखको विषयमा पनि छलफल हुने बुझिएको छ ।