२७ असार २०८३, शनिबार

५ महिनादेखि चिकित्सक बेपत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २७ भदौ । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुहुनुभएको छ ।

काठमाडौंमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उहाँको मोबाइल बन्द भएको उहाँकी श्रीमतीले बताउनुभयो ।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।