३१ जेष्ठ २०८३, आइतबार

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ व्यवसायीहरुको भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरुले भेट गर्नुभएको छ । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका एक दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका विषयमा अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।

चिनियाँ व्यवसायीहरुलाई उद्योगमन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरुमा लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नीतिगत जटिलताहरु नरहेको बताउनुभयो । चीनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे बताउँदै नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भैइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाइन बाटै दर्ता प्रक्रिया रहेको बताउनुभयो ।