२५ जेष्ठ २०८३, सोमबार

सुवास नेम्वाङ इतिहासले सधै सम्झिरहने पात्र हुन् : प्रधानमन्त्री ओली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताउनुभएको छ ।

एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता गर्नुभएको थिएन । वैचारिक नेतृत्व पनि गर्नुहुन्थ्यो । त्यसैले सुवासचन्द्र नेम्वाङजी इतिहासले सम्झिरहने पात्र हुन् । उहाँका स्मृति ताजै राख्नका लागि र उहाँको सम्झना/आदर्श पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ ।’

साथै, उहाँले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राख्नुभयो । माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो । माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो ।’

यस्तै, प्रधानमन्त्री ओलीले समाज गतिशिल र प्रगतिशिल रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाज गतिशिल र प्रगतिशिल छ । कहिले कहिले केही प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरुले गर्दा देशको बारेमा नसोच्ने, आफ्नो मात्र सोच्ने अवान्छित क्रियाकलापबाट समाजमा हावी हुन सक्छन् । अगाडि बढिरहेका गतिमा ब्रेक लाग्न सक्छ तर समाजले त्यसलाई हटाइदिन्छन् । यी कहिले काहीँ हुने आकस्मिक घटना हुन् ।’