६ असार २०८३, शनिबार

लुम्बिनी प्रदेशका वनमन्त्री कुर्मीको राजीनामा स्वीकृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, २६ भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।