१९ असार २०८३, शुक्रबार

उपसभामुखविरुद्ध कारबाहीको तयारी, रास्वपा ‘वेट एण्ड वाच’को अवस्थामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ ।

बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन । आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ । गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ ।’

उहाँले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताउनुभयो । झाले आफूहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताउनुभयो ।