२८ असार २०८३, आइतबार

प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक बस्दै

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी परिषद्को बैठक बोलाउनुभएको हो ।

बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिश बारे छलफल गर्ने रहेको छ ।

परिषद्का सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिशको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिश भएपछि संसदीय सुनुवाइपछि नियुक्ति हुने प्रावधान छ ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहनुभएको छ ।

सिफारिश मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उहाँकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।