
काठमाडौं, २६ भदौ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
तत्कालीन नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उहाँलाई सम्झना गर्ने कयौं क्षण आएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले नेम्वाङको निधनले दिएको पीडा सम्झदै यस्तो बताउनुभएको हो ।
‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।








प्रतिक्रिया