२५ असार २०८३, बिहिबार

धनराज गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानबिन हुनुपर्ने टिप्पणी गर्नुभएको हो ।

महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने बताउनुभयो ।

उहाँले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताउनुभयो ।