१६ असार २०८३, मंगलबार

पोखरामा रवि लामिछानेविरुद्ध कालो झण्डा र नाराबाजी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ भदौ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कालो झण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुग्नुभएका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेट बाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले कालोझण्डा देखाउँदै आफूहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

सहकारी पीडितको प्रदर्शनका कारण त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।