
काठमाडौं, २४ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बिच रिर्सोट’सँग विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्नेगरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल/इन्टरनेट बैंकिङद्धारा गर्न भुक्तानी गर्नु पर्नेछ ।
साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया