४ असार २०८३, बिहिबार

एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि जनताको रोजाईको पहिलो पार्टी बन्यो : यामलाल कँडेल

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको सही विचार र नीतिका कारण चौतर्फी घेराबन्दी हुँदासमेत एमाले जनताको रोजाईको पहिलो पार्टी बनेको बताउनुभएको छ ।

आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको एमाले जिल्ला कमिटी सुर्खेतको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै नेता कँडेलले जनसमर्थन प्राप्त गर्न पार्टीको नीति र विचार प्रमुख हुने हुँदा पार्टीका नेता तथा कार्यकर्ता विचारका प्रचारक हुनुपर्ने धारणा राख्नुभयो ।

सरकार सबे जनताको अभिभावक भएकोले एमालेले सरकार चलाउँदा कसैलाई विभेद गर्दैन भन्ने अवस्था निर्माण गरेर काम गरे पार्टीप्रति जनताको आकर्षण बढ्ने उहाँको भनाइ थियो ।

एमालेको नीति र नेतृत्वमा कुनै विवाद नभएको बताउँदै नेता कँडेलले स्थानीय रूपमा विवाद हुने कुनै पनि कार्य नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको तल्लो तहको संरचना बलियो बनाउन स्थानीय वडा कमिटीसँग जोडिएर काम गर्न उहाँको निर्देशन थियो ।