
काठमाडौं, २४ भदौ । अर्थ समितिबाट बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि जतिसुकै बिगो भएतापनि ४ वर्षसम्म थप कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको घोषणा गर्दछु ।’








प्रतिक्रिया