
काठमाडौं, २४ भदौ । नेकपा (एमाले)ले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो गम्भीर घटनामा यतिका दिन भइसक्दासमेत घटनामा जोडिएका दोषी पत्ता नलगाएको भन्दै घटना बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकारले यस्तो घटनामा गम्भीतारकासाथ अनुसन्धान गर्नुपर्ने देखिन्छ । सामान्यता यतिका दिन भइसक्दासमेत यो घटनामा जोडिएका दोषी को हो ? यो बारेमा सरकारले सदनमा आएर बताउनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा आएर जानकारी गराउनु बढी उपयुक्त हुन्छ । म यो माग गर्न चाहन्छु ।’
उहाँले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा बाहिर आइरहेको पनि बताउनुभयो ।
गत बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ मासकेट विष्फोट भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।








प्रतिक्रिया