
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गर्नुभएको छ ।
स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिस दिनुभएको हो ।
पार्टी सभापति देउवा निकट मानिनुभएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसक्नुभएको छ । उहाँ पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगिसक्नुभएको नेतृ हुनुहुन्छ । २०७९ को निर्वाचनमा भने उहाँ जसपा नेपालका राजकिशोर यादवसँग पराजित हुनुभएको थियो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिस गर्ने बताइएको छ ।
यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, उहाँमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आफै नाम फिर्ता लिएको थियो ।








प्रतिक्रिया