११ श्रावण २०८३, सोमबार

राखेप निर्देशक चयनमा विवाद : उपनिर्देशक संगीना वैद्यको राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । निर्देशक चयन प्रक्रिया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिनुभएको हो ।

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहनुभएको छ । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बन्नुभएको हो  ।

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहनुभएको संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गर्नुभएको हो । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो ।

वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसिङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिनुभएको छ ।