३ असार २०८३, बुधबार

बागमती स्वास्थ्य मन्त्रालयद्वारा सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ भदौ । बागमती प्रदेश सरकारले सूर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधिहरु हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा सञ्चालित अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच हुनुपर्ने बताउनुभयो । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाको जोड थियो ।

अस्पतालबाट माग भए बमोजिम मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर, डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औषधिहरु अस्पतालका प्रमुख डा. राकेशकुमार वर्मालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा आपूर्ति केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाललगायत सहभागी हुनुहुन्थ्यो ।