
काठमाडौं, २४ भदौ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिददर १४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४९ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । यसको साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया