२६ असार २०८३, शुक्रबार

सरकारी कार्यालयमा खाजा खाने सयम घटाएको प्रधानमन्त्रीको घोषणा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा खाने समय घटाइएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमार्फत यो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीकाअनुसार अब सरकारी कार्यालयहरूमा खाजा समय एक घण्टाबाट घटाएर दैनिक १ः३० बजेदेखि २ बजेसम्म मात्र कायम गरिएको छ । प्रधानमन्त्री ओलीले यो निर्णय सेवाग्राहीहरूको हितलाई ध्यानमा राखेर गर्नुभएको हो ।

प्रधानमन्त्रीले आफ्नो फेसबुक स्टाटसमा भन्नुभएको छ, ‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन ।’ उहाँले सरकारी कार्यालयमा लामो खाजा समयका कारण सेवाग्राहीहरूलाई असुविधा भएको गुनासो आइरहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले यो नयाँ नियमको कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’

प्रधानमन्त्री ओलीको यो कदमलाई सरकारी सेवा प्रवाहमा सुधार ल्याउने प्रयासको रूपमा हेरिएको छ । यस नियमले सरकारी कर्मचारीहरूलाई थप अनुशासित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।